९ फागुन, काठमाडौं । भारतमा ६ दिने औपचारिक भ्रमणमा गएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने क्रममा २२ जना मधेशी–थारु विद्यार्थीहरुलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ ।
मधेशी–थारु विद्यार्थीको पक्राउसँगै उनीहरुको रिहाईको माग गर्दै मधेशका जिल्लाहरुमा प्रदर्शन सुरु भएको छ । उनीहरुको रिहाईको माग गर्दै जनकपुरसहितको शहरमा प्रदर्शन सुरु भएको छ ।
स्रोतकाअनुसार आज बीरगञ्ज तथा विराटनगरमा मधेशीहरुले भारतीय बाणिज्य दुतावास अगाडि प्रदर्शन गर्दै छन् । त्यस्तै आइतबार काठमाडौंमा पनि उनीहरुको रिहाईको माग गर्दै भारतीय दुतावास अगाडि प्रदर्शन गर्ने तयारी हुँदैछ ।