३ माघ, काठमाडौं ।
नयाँ संविधान घोषणापछि मधेश आन्दोलनको आधिँबेरी र तुफान बढिरहेकै समयमा असोज २४ गते भएको प्रधानमन्त्री चुनावमा तुफानसरी प्रधानमन्त्रीका उमेद्वार केपी ओलीको विपक्षमा सुशील कोइरालालाई पुनःप्रधानमन्त्रीमा निर्वाचित गराउन एक रातमै काठमाडौं भेला भएका मधेशवादी दलका नेताहरुलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रायले माघ ५ गतेभित्र सहमति गरेर समस्या समाधान गर्न सुझाव दिएका छन् ।
आइतबार बिहान तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको ब्रेकफाष्ट मिटिङमा राजदूत रञ्जित रायले माघ ५ गतेभित्र सहमति गरेर समस्या समाधान गर्न सुझाव दिएका हुन् । राजदूत रायले समानुपातिक समावेशिता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने सवालमा कांग्रेस, उकमाले र एमाओवादी अन्तरिम संविधानको स्प्रीट अनुसार नै जान तयार भएकाले र नागरिकताको सवालमा समेत शनिबारको बैठकमा प्रष्ट पारिसकेकाले मधेशी मोर्चाले सीमाङ्कनमा लचकता अपनाउनु पर्नेमा जोड दिएका थिए ।