६ माघ ०७८, जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पाटीबीच गठबन्धन हुने भएको छ ।
दुबै दलका नेताहरुले शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर गठबन्धन गर्ने सहमति भएको जानकारी दिएका हुन् ।
दुई दलबीच मधेस प्रदेशको अन्य तर्फ एमाले उम्मेदवार उसमान अन्सारी र महिलातर्फ रुपाकुमारी यादवलाई समर्थन गर्ने सहमति भएको छ । राष्ट्रियसभाको १९ सदस्य चयनका लागि १२ माघमा निर्वाचन हुँदैछ ।