मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने

२७ पुस ०८०, जनकपुरधाम । मधेश सरकारले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने भएको छ ।

बिहीबार बसेको मधेश प्रदेशको मन्त्रिपरिषद बैठकले उक्त दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो ।

२०७८ माघ ३ गतेका दिन बसेको प्रदेशसभा बैठकले तत्कालीन ‘प्रदेश नं. २’ लाई ‘मधेश प्रदेश’ नामाकरण गरेर स्थायी राजधानी जनकपुरधाम पास गरेको थियो ।

मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले माघ ३ लाई त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिए ।

त्यस्तै मन्त्री समिमले माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनसहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने पनि बताए ।