२२ कार्तिक ०८०, जनकपुरधाम । मधेश सरकारले संघीय सरकारविरुद्ध प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयन लगायतको माग गर्दै आन्दोलन घोषणा गर्दैछ ।
आज दिउँसो २ बजे मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरेर मधेश सरकारले आन्दोलनको घोषणा गर्न लागेको हो ।
सोमबार बसेको मुख्यमन्त्री र मन्त्रीसहितको सर्वदलीय बैठकले प्रहरी समायोजन, निजामति ऐनलगायतको विषयमा संघर्षमा उत्रिनेसम्मको निर्णय गरेको थियो ।
आज पत्रकार सम्मेलन गरी बिहीबार मुख्यमन्त्री सरोजकुमार यादव आफ्नै नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दहाललाई १५ दिने अल्टिमेटसहित ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।