१५ असार, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणाले मधेसको समस्या हल नगरेसम्म कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै मधेसलाई दुई प्रदेश बनाएर जान सके मधेस समस्या हल हुने बताएका छन् ।
वर्तमान सरकारको कामदेखि राप्रपा बेखुस रहेको बताउँदै नेता राणाले नगरकोट नगरपालिकाको सुडालमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा आफ्नो पार्टी ‘हैरान साझेदार’ भएको बताए ।
सरकारले भूकम्प पीडितप्रति ध्यान दिन नसक्दा उनीहरुले गर्मी, जाडो र वर्षा छाप्रो भित्रै बिताउनु दुर्भाग्यपूर्ण भएको बताए ।