कांग्रेस र मधेसी मोर्चाको वार्ता सकारात्मक दिशामा

७ पुस, काठमाडौं । नेपाली कांग्रेस र मधेसी मोर्चाबीच कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको निष्कर्षमा नपुगे पनि नेताहरुले सकारात्मक रहेको बताएका छन् ।

सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले छलफलपछि सकारात्मक रहेको र सरकारले अघि सारेको तीनबुँदे प्रस्तावबारे मधेसी मोर्चामा छलफल हुने बताए ।

मोर्चाले राखेका मागहरुप्रति कांग्रेस सकारात्मक रहेको भन्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकता र सीमांकनबारे अन्य दलहरुसँग छलफल गरेर सहमतिमा पुग्ने बताए ।

तपाइको मत