मधेसी मोर्चाको आन्दोलन मुलुकको नक्कली समस्या : नेपाल भारतवेष्टित होइन, भूपरिवेष्टित हो – प्रधानमन्त्री ओली

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको आन्दोलनलाई मुलुकको नक्कली समस्या भएको बताउँदै नेपाल भारतवेष्टित नभएर भूपरिवेष्टित हो भन्ने कुरा स्थापित गर्न सरकार र पार्टी सफल भएको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय, धुम्बाराहीमा मंगलबारबाट सुरू भएको पोलिटब्युरो बैठकमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मधेस केन्द्रित दलको आन्दोलन नक्कली सम्स्या भएको बताएका हुन् ।

एमालेका सचिव योगेश भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले वर्तमान सरकारले न दक्षिणतिर शिर झुकाएको न उत्तरतिर लम्पसार परेको भन्दै जनता, राष्ट्र र लोकतन्त्रको रक्षा गर्दै राष्ट्रिय स्वाभिमानको गौरवलाई उँचो बनाइएको दाबी गरेका छन् ।

तपाइको मत