मधेसी मोर्चाले ग¥यो नवलपरासी-रुपन्देही बन्द आह्वान

Nwalpur

२९ फागुन, भैरहवा । नेकपा एमालेको मेची महाकाली अभियानलाई अवरोध गर्ने घोषणासहित मधेसी मोर्चाले नवलपरासी र रुपन्देहीमा बन्द आह्वान गरेको छ ।

रुपन्देहीमा बन्दको खास प्रभाव नपरे पनि नवलपरासी सदरमुकाम परासी क्षेत्रमा आंशिक प्रभाव देखिएको छ ।

एमालेको अभियान आज नवलपरासीका कावासोतीबाट अघि बढ्दैछ । अभियान टोली राजमार्गका बिभिन्न स्थानमा जनताको बस्ति हुँदै भूमहीमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको एमालेका प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताएका छन् ।

भूमहीको एमाले सभालाई अवरोध गर्ने उद्देश्यले मोर्चा कार्यकर्ताले तयारी थालेका छन् ।

थारु, मधेसी बाहुल्य भूमहीमा एमालेले सभाको तयारी गरिरहँदा मोर्चा कार्यकर्ताहरु परासी क्षेत्रमा जम्मा भइरहेका छन् । बन्दको भने परासीमा आंशिक प्रभावमात्र देखिएको छ । मोटरसाइकल र साना गाडीहरु चलिरहेका छन् ।

तपाइको मत