२३ फागुन, सप्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन मधेसी मोर्चाले फिर्ता लिने घोषणा गरेको छ ।
तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको मोर्चाको अकस्मिक बैठकले सप्तरीमा भएको गोली काण्डपछि यस्तो निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समर्थन फिर्ताको औपचारिक जानकारी दिने मोर्चाको तयारी छ ।
राष्ट्रिय समाजवादी पार्टीका प्रवक्ता केशव झाकाअनुसार मोर्चाको बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी एमाले लिनुपर्ने माग गरेको छ भने भोलि र पर्सी तराई-मधेश बन्दको घोषणा समेत गरेको छ ।