२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी एमालेलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार भएको बताएका छन् ।
यसले संविधान कार्यान्वयन सहज बनाउँदै तीनै तहको निर्वाचन सम्पन्न गर्न सहज हुने उनको विश्वास छ ।
रिपोर्टस क्लब नेपालको १९ औ बाषिर्कोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन विधेयक तयार पारेको बताए ।
मधेसी मोर्चा, प्रमुख प्रतिपक्षी दल एमाले तथा सबै पक्षसँग पटक पटक गरेका छलफल र वार्तामा आधारित भएर संशोधन विधेयक तयार पारेको भन्दै उनले यो राष्ट्रिय एकताको पक्षको दस्तावेज हुने दाबी गरे ।
संविधान सर्वस्वीकार्यको दायरा फराकिलो पार्ने आफ्नो प्रतिवद्धता पुरा गर्न अर्को संशोधन विधेयक तयार पारेको उनले बताए ।