मध्यपुर ठिमीमा सिन्दुर जात्रा मनाइयो

२ बैशाख ०७६, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा सिन्दुर जात्रा मनाइएको छ ।

सोमबार बिस्केट जात्राको अवसरमा मध्यपुर ठिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनााईएको हो । एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउनु यो जात्राको प्रमुख विशेषता हो ।

पमाहरुले हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने पनि गरिन्छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीयले रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

सिन्दुरे जात्रा समापनसँगै दिउँसो मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ ।

तपाइको मत