निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन

४ भदौ ०७४, काठमाडौं । निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा नेकपा एमालेका नगर अध्यक्षको घरमा बसेर मतदाता नामावली संकलन गरिएको विरोधमा अहिले बुढानीलकण्ठ नगरपालिकामा अहिले विभिन्न पार्टीले  विरोध प्रदर्शन गरेका छन् ।

गोल्फुटारमा रहेको नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर अहिले  विभिन्न पार्टीका कार्यकर्ता तथा समर्थकहरुले विरोध प्रदर्शन गरेका हुन् । एमाले बाहेकका सबै पार्टी विरोध प्रदर्शनमा उत्रिदा प्रहरीसँग झडप समेत भएको स्थानीयबासिन्दाले जानकारी दिए ।

स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएपछि रातीअवेर सम्म एमाले नेताको घरमा फोटो सहितको मतदाता नामावली तयार पारिरहेको बेला निर्वाचन कार्यालयका कर्मचारीलाई नामावली संकलन गर्ने उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि खटाएका आकृत खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एमाले नेता अर्जुन खत्रीको भतिजा समेत रहेका खत्रीलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा राखिएको थियो भने बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो । बुढानिलकण्ठमा दुई ओटा टोलीले तस्बिरसहितको मतदाता नामावली संकलन गरेको थियो ।

मतदाता नामावलीमा नाम लेखाउन समय सकिएपछि पनि उनीहरुले नामावली तयार पारिरहेका बेला राती दुई बजेतिर  प्रहरीले दिपक निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ । महाराजगञ्ज वृत्तले पनि कर्मचारी र एमाले नेतालाई मतदाता नामावली संकलन गर्ने सामग्री सहित नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

निर्वाचन कार्यालय ललितपुरमा चर्का नाराबाजी

शनिबार साँझ ७ बजे निर्वाचन कार्यालय ललितपुर र त्यहाँ कार्यरत नायब सुब्बाविरुद्ध चर्का नाराबाजी भएको छ ।

ललितपुर निर्वाचन कार्यालयले थप भएको पछिल्लो समयावधि अनुसार यस अघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुलाई अपराह्न ४ बजेसम्म नाम दर्ता फारम वितरण गरेको थियो ।

तर, आयोगले ४ बजेभित्र वितरण गरेको फाराम भरेर साँझ ७ बजेसम्म नाम दर्ताका लागि लाइन बसेकालाई नामै दर्ता नगरी फर्काइएपछि उनीहरुले निर्वाचन कार्यालय ललितपुर र नायब सुब्बाविरुद्ध चर्का नाराबाजी गरेका हुन् ।

‘भोट हाल्न पाउने जनताको सार्वभौम अधिकारबाट बञ्चित गर्न पाइँदैन्’ नाम दर्ता छुट भएकाहरुले आक्रोशित मुद्रामा नाराबाजी गर्दै भनेका छन्, ‘ललितपुर निर्वाचन कार्यलय मूर्दावाद, नायव सुब्बा मूर्दावाद !’

उनीहरुले साँझ ७ बजेपछि नायब सुब्बाले नाम दर्ता गर्न नमिल्ने र नसकिने बताएको भन्दै ‘जनताको भोट हाल्न पाउने अधिकार खोई ?’  भनेका छन् ।

रामकुमारी झाँक्रीले गराए कार्यालयभित्रै बसेर आफ्नाहरुको नाम दर्ता

एमाले नेतृ रामकुमारी झाँक्रीले निर्वाचन कार्यालयभित्रै बसेर आफ्ना कार्यकर्ताहरुको नाम दर्ता गराएको तर दिउँसैदेखि लाइनमा बसेकाहरुलाई प्रहरी लगाएर फिर्ता पठाएको आरोप नाम दर्ता छुट भएकाहरुले लगाएका छन् ।

नाम दर्ता गर्न बञ्चित भएकाहरुले ‘वार्ता हुनुपर्दछ’ भन्दै केहीबेर निर्वाचन आयोगको कार्यालय परिसरबाहिर चर्काचर्का नाराबाजी गरे ।

बिहानदेखि लाइन बसेर फाराम लिएर फाराम भरिसकेपछि नाम दर्ता गर्न छुट हुनुको पछाडि नेकपा एमाले र कर्मचारीको सेटिङ्ग भएको आरोप नाम दर्ता छुटेकाहरुले लगाए ।

मतदाता नामावलीमा नाम दर्ता छुटेकाहरुले ४ बजेपछि सयौं व्यक्तिहरुलाई फाराम नै नदिएर फर्काएको र सयौंले फाराम भरेर पनि दर्ता गर्न नपाएको गुनासो गरे ।

निर्वाचन आयोगको कार्यालय ललितपुरमा साँझ ७ बजे यस्तो देखियो………

 

तपाइको मत