कास्की । आहा रारा गोल्डकप फुटबलको १८औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ ।
पोखरा रंगशालामा शनिबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा हराउँदै मनाङले उपाधि हात पारेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा मनाङले ४-३ गोल अन्तरले नेपाल पुलिस क्लबलाई हराएको हो ।
मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गरेका थिए भने नेपाल पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरेका थिए ।
मनाङ मर्स्याङ्दी बिजेता बनेसँगै १० लाख र उपबिजेता टिम पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।