मन्त्रीकाे नक्कली हस्ताक्षर गर्ने पत्रकार प्रहरी नियन्त्रणमा !

१४ भदौ ०७५, काठमाडौं । खानेपानी मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरेर नेपाल टेलिकमकाे सिम निकाल्न गएका एक पत्रकार प्रहरीकाे फन्दामा परेका छन् ।

मन्त्री मगरकाे हस्ताक्षर अाफैं गरेर नागिकताकाे प्रतिलिपि देखाएर सिम निकाल्न खाेजेका दोलखाका सञ्जिव दाहाललाई प्रहरीले पक्राउ गरेकोे हाे ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले मन्त्री मगरको ब्यक्तिगत विवरणको प्रयोग गरी अनाधिकृत रूपमा सिम निकाल्दै गर्दा दाहाललाई नियन्त्रणमा लिएको जानकारी दिए ।

तपाइको मत