कांग्रेसमा मन्त्री चयनका लागि देउवा र पौडेल पक्षधरको छुट्टा-छुट्टै बैठक

 २० साउन, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबाहादुर देउवा र नेता रामचन्द्र पौडेलले आफू पक्षधर नेताहरुलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री चयनको लागि छुट्टा-छुट्टै बैठक बोलाएको छ ।
Deuba-paudel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको मुख्य साझेदार दल कांग्रेस सभापति शेरबाहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने केही मन्त्री चयनका लागि आफू पक्षधर नेताहरुलाई छलफलका लागि बूढानिलकण्ठस्थित निवासमै बोलाएका छन् ।

देउवा पक्षधर प्रभावशाली नेताहरुको जारी वैठकमा नेताहरु बिमलेन्द्र निधि, अर्जुनरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँण लगायत नेताहरु सहभागी छन् ।

रामचन्द्र पौडेलले आफू पक्षधर केन्द्रीय सदस्य तथा सांसदलाई अनामनगरस्थित सम्पर्क कार्यालयमा सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न छुट्टै बैठक बोलाएका छन् ।

पौडेले पक्षले भागबन्डाका आधारमा मन्त्री पठाउनु पर्ने माग गर्दै आफूहरुलाई बेवास्ता गरी मन्त्री बनाइए आफ्नो पक्षबाट मन्त्री नै नपठाउने चेतावनी दिँदै आएको छ ।

माओवादी केन्द्रको पनि हेडक्वार्टर बैठक बस्दै

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सरकारमा सहभागी मन्त्रीको अन्तिम टुंगो लगाउन माओवादी केन्द्रको हेडक्वार्टर बैठक पनि बस्दैछ ।

तपाइको मत