२९ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीबाट सरकारमा सहभागी मन्त्री र जनवर्गीय संगठनहरुलाई समेत राहत र उद्दारमा सक्रिय हुन निर्देशन दिएका छन् ।
अध्यक्ष प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई बाढी प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिँदै जनवर्गीय संगठनहरुलाई समेत उक्त क्षेत्रमा क्रियाशील हुन निर्देशन दिएका हुन ।
प्रचण्डकाे निर्देशनअनुसार माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु आज राहत तथा उद्दारको लागि तराइ-मधेशका जिल्लाहरूमा जाँदैछन् ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा ९ जना मन्त्री सहभागी छन् ।