मन्त्री र मुख्य सचिवबीच भनाभन भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरे

२५ बैशाख ०७४, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा एक सहसचिवको विषयमा मन्त्री र मुख्य सचिवबीच भनाभन भएपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेका छन् ।

Cabinet-Meeting-810

विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंह र मुख्य सचिव सोमलाल सुवेदी मन्त्रिपरिषद् बैठकमा भनाभन हुँदै हात हालाहालको अवस्था आएपछि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेका हुन् ।

मन्त्री सिंहले सहसचिव रामआधार साहलाई प्रशासन समूहमा ल्याउन पटक-पटक प्रस्ताव गर्दै आए पनि मुख्य सचिव सुवेदीले रोक्दै आएपछि मन्त्रिपरिषद् बैठकमा मन्त्री सिंह र सुवेदी बीच हात हालाहालको अवस्था आएको हो ।

मुख्यसचिव सुवेदीले मन्त्री सिंहको प्रस्ताव विरोध गर्दै प्राविधिक समूहमा नै जनशक्ति अभाव रहेकोले साहलाई प्रशासन समूहमा ल्याउन नहुने बताए लगतै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले मुख्यसचिव सुवेदीमाथि व्यक्तिगत रुपमा साहलाई रोकेको आरोप लगाए ।

पछिल्लो ६/७ महिनादेखि नै साहलाई मुख्य सचिवले रोकेको उनको आरोप थियो ।

तपाइको मत