मलेसियाका गृहमन्त्री बिहीबार काठमाडौं आउँदै

१९ माघ ०७९, काठमाडौं । परराष्ट्र मन्त्रालयले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउने जनाएको छ ।

इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।

इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र त्यहाँ रहेका कामदारको सुरक्षा सुनिश्चित गर्ने विषयबारे छलफल हुने जनाइएको छ ।

यस्तै नेपालको प्रमुख श्रम गन्तव्य मलेसियाका गृहमन्त्री इस्माइलले ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ बारे छलफल गर्ने बताइएको छ ।