मलेसियाबाट २८ नेपालीको उद्धार

६ असार ०७४, काठमाडौँ ।  मलेसियाको पेनाङमा अलपत्र परेका २८ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । क्वालालाम्पुरस्थित नेपाली राजदूतावासले वैदेशिक रोजगारको क्रममा त्यहाँ पुगेर विभिन्न कारणले अलपत्र परेकालाई उद्धार गरेको गोरखापत्र दैनिकमा खबर छ ।

फिर्ता हुनेहरूमा निर्मलवस्ती–५, पर्साका शङ्कर गोले, पुस्पलपुर–३ धनुषाका मनिराम बेगनासी, कनिजपुर–१, सर्लाहीका सञ्जयकुमार नेपाली, भेडेटार–४, धनकुटाका सनम लिम्बु तथा बक्लौरी–८, सुनसरीका दीपेश लिम्बु हुनुहुन्छ ।

त्यसैगरी धरान–१७, सुनसरीका राजकुमार राई, कपिलवस्तुका सन्तोष अधिकारी, रौतहतका मुकेश राय यादव, कमलामाई–४, सिन्धुलीका मनोजकुमार नेपाली, काभ्रे छपाखोरी २ का मनबहादुर तामाङ र देऊपुर–९ का मिनप्रसाद डोटेल, खेजेनिम–६, ताप्लेजुङका खड्ग लिम्बु, सवादिन–३ का सञ्चबहादुर लिम्बु, लेतेप–४ का विर्खबहादुर लिम्बु, धुम्बराही–४ काठमाडौँका निकेश कार्की र खोटाङका विवश राईको पनि सरकारले उद्धार गरेको छ ।

त्यस्तै चितवन हुनपुङ–३ का सुदीप तामाङ, रुकुम बुइसवारी–५ का सञ्जय मल्ल, बाँके वासुदेवपुर–१ का राज अलि साई, सिराहाका जितनारायण यादव, गुल्मी मोतिपुर–४ का इन्द्रबहादुर सार्की, रुकुमका दीपेन्द्रकुमार भण्डारी, रोल्पा झेनाम–९ का गजेन्द्र धर्तीमगर, ओखलढुङ्गा कटुञ्जे ४ का टेकबहादुर राप्चा, सुनसरी एकम्बा–१ का गुलाब चौधरी, दाङ सोडियार–७ का भरतबहादुर बुढामगर, झापा लतराप–३ का विदुर कार्की र मकवानपुरका सञ्जीव बज्युलाई पनि उद्दार गरेर नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार पेनाङको घर फिर्तीकेन्द्रमा बसिरहेका ती नेपाली स्वदेश फर्किने रकम नभएर अलपत्र परेका थिए ।  मलेसियामा विभिन्न कारणले अवैधानिक बसोबास गरिरहेको भेटिएपछि घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ ।  वैदेशिक रोजगारमा गएका नेपालीलाई त्यहाँका कम्पनीले सम्झौता गरेअनुसारको तलब नदिएर, कम्पनीभन्दा बाहिर राम्रो कमाइ हुने अवसर पाएर वा यस्तै विविध कारणले कम्पनीभन्दा बाहिर निस्किएर काम गर्छन् ।

त्यस्ता कामदारहरूलाई राहदानीको म्याद सकिएपछि स्वदेश फर्कन समस्या हुन्छ ।  यस्तोमा नेपाली दूतावासले सहयोग गर्दै आएको छ ।  दूतावासका अनुसार अझै पनि धेरै नेपाली मलेसियाको विभिन्न घरफिर्ती केन्द्रमा उद्धारका लागि पर्खिरहेका छन् ।

तनहुँ । अपाङ्ग भएर पनि सबलाङ्ग मानिसले जस्तै काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश दाङ जिल्ला शान्तिनगर गाउँपालिका–५ निवासी ४२ वर्षीय चेतबहादुर केसीले दिएका छन् ।

जन्मजातै अपाङ्गता भएका केसीको दुवै खुट्टाले हिँडडुल गर्न नसके पनि उनले सबलाङ्गले जस्तै राम्रो गीत र नृत्य प्रस्तुत गरेर सोमबार दमौलीमा सकारात्मक सन्देश दिएका हुन् ।

कोही जन्मजातै, कोही पछि, कोही खानपान र कोही सवारी दुर्घटना, हिँडडुलबाट अपाङ्ग हुने हुँदा अपाङ्गता सम्बन्धि सचेतनामूलक सन्देश दिन तनहुँ जिल्लासहित ७२ जिल्लामा यस्ता कार्यक्रम गर्दै आएको राष्ट्रिय अपाङ्ग सांस्कृतिक प्रतिष्ठानका संयोजक आकाश विराही कान्छाले बताउनुभयो ।

विसं २०६९ देखि यस किसिमको अभियान थालेकोेमा हालसम्म ७२ वटा जिल्लामा गीत र नृत्यबाट अपाङ्ग हुनबाट जोगिन र अपाङ्ग भइसकेपछि घृणा होइन माया र ममता दिनुपर्छ भन्ने सन्देश दिएका छन् । साथै, अपाङ्गताको आधारमा अवसर दिनुपर्छ भन्ने पनि उक्त नृत्यले सन्देश दिन खोजेको देखिन्छ ।

आफूले अपाङ्गसम्बन्धि सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै विकृति र विसङ्गतिको विरुद्धमा गीतमार्फत आवाज बुलन्द पार्दै समग्र अपाङ्गता भएका एक हुनुपर्छ भन्ने सन्देश पनि दिने गरेको अपाङ्ग केसीले जानकारी दिनुभयो ।

तर सरकारबाट कुनै पनि सहयोग नपाएको उहाँको गुनासो रहेको छ । एक छोरा र एक छोरीका बाबु केसीले ‘उठ उठ ब्यूँझ अपाङ्ग दाजुभाइ, भाले बास्यो उज्यालो बिहानी भई’ नामको एल्बममा आफ्नो नृत्य रहेको सो अवसरमा जानकारी दिनुभएको थियो ।

तपाइको मत