मल्लेसीमा पहिरोले पुरिएर ६ जनाको मृत्यु

२० असार ०७७, बझाङ । गएराति वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले पुरिएर केदारस्युँ गाउँपालिका–८, मल्लेसीमा ६ जनाको मृत्यु भएको छ भने १८ घरमा क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनाको शव निकालिसकेको साथै अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्दारमा खटिएका बताए ।

प्रजिअ भण्डारीले पहिरोस्थल सदरमुकाम चैनपुरबाट करिब ५ घण्टाको पैदल दुरीमा रहेको जानकारी दिए ।