महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर

१४ कार्तिक ०७६, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पकाउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर भएको छ ।

सरकारी वकिलको कार्यालयका प्रमुख चन्द्रकान्त खनालले महरामाथि बलात्कारको प्रयास गरेको र सार्वजनिक ओहदामा बसेर कसुर गरे बापत थप सजायको माग दाबी गर्दै अभियोग पत्र दायर गरेका हुन् ।

अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ । सँगै उनी सरकारी उच्च पदापधिकारी भएकाले थप सजायका साथ क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।

मुलुकी अपराध संहिता अनुसार सार्वजनिक ओहदामा बसेकाले ऐनमा व्यवस्था भएको सजायको डेढ गुणा बढी सजायको माग दाबी गर्न पाइने व्यवस्था रहेको छ । जस अनुसार महरामाथि ५ वर्ष ३ महिनादेखि ७ वर्ष ६ महिनासम्म कैद माग दाबी छ ।

निवर्तमान सभामुख महरा संसद् सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा असोज १९ गते पक्राउ परेका थिए ।

तपाइको मत