महायज्ञलाई मध्यनजर गर्दै बिद्युतीय रिक्साको भाडा दर परिर्वतन

Riksha

१८ चैत्र, सप्तरी । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ सप्तरीले सप्तरीको राजविराज–सखडा सडकमा सञ्चालन हुने विुतीय रिक्साको भाडा दर परिर्वतन गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव केदार देवको प्रमुख आतिथ्यमा सम्पन्न संघको बैठकले भाडा घटाउने निर्णय गरेको हो ।

प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता परिसरमा आगामी चैत्र २८ गतेदेखि शुरु हुने लक्षचन्डी रुद्र महायज्ञलाई दृष्टिगत गरी राजविराज–सखडा सडकमा सञ्चालन हुँदै आएको विद्युतीय रिक्साको भाडा प्रतिव्यक्ति रु. ५० लिदै आएकोमा प्रतिव्यक्ति रु. ३० निर्धारण गर्ने निर्णय गरिएको अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवले जानकारी दिएका छन् ।

भाडा घटेसँगै दर्शनका लागि जाने श्रद्धालु तथा सर्वसाधारणलाई राहत पुग्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

तपाइको मत