महेन्द्र बहुमुखी क्याम्पसको परीक्षा शाखामा तालाबन्दी

20170209_205103

२८ माघ, सप्तरी । राजबिराजको महेन्द्र बहुमुखी क्याम्पसको परीक्षा शाखामा विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

बिहीबार विद्यार्थी संगठनहरुले आफूहरुले उठाएको मागलाई बेवास्ता गर्दै क्याम्पस प्रशासनले स्ववियु निर्वाचनको तयारी गर्न लागेको भन्दै तालाबन्दी गरेका हुन् ।

त्रिविले एक्कासी भर्ना रोकेपछि भर्ना खुलाउनु पर्ने माग राखी संयुतm विद्यार्थी संगठनले तालाबन्दी गरेको हो ।

विद्यार्थी मञ्चका जिल्ला कोषाध्यक्ष नरेश कुमार यादबले दिएको जानकारी अनुसार त्रिविले विगत ८ वर्षदेखि स्थगन गरिराखेको चुनावको मिति फागुन १४ गते तय गरी पत्राचार गरेपछि क्याम्पसमा चहल पहल बढेको थियो भने विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवार चयनदेखि लिएर क्याम्पसमा प्रचार–प्रसारलाई समेत तिब्रता दिइरहेको थियो ।

यसैबिच क्याम्पस प्रशासनले एक्कासी भर्ना बन्द गरेकाले विद्यार्थीहरु आन्दोलित भएको यादवले बताए । उनले मधेशको समस्या समाधान नै नगरी देशमा कुनै पनि चुनाव गराउनु दुर्भाग्य हुने समेत बताए ।

तपाइको मत