३० भदाै ०७४, सर्लाही । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असाेज २ गते हुने दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा रमेश बुढाथोकी र पद्मा माेक्तानले जिते अाफू उनीहरूकाे पछाडि उभिने बताएका छन् ।
अध्यक्ष प्रचण्डले शुक्रबार सर्लाहीको हरिवनमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्दै माअाेवादी केन्द्रका हरिवन नगरपािलकाका मेयर पदका उम्मेदवार बुढाथोकी र उपमेयर पदका उम्मेदवार माेक्तान विजयी भए साे नपाकाे विकासमा अाफू उनीहरूकाे उभिने बताएका हुन् ।
“रमेश बुढाथोकी र पद्मा माेक्तानकाे टीम हरिवन नगरपालिकामा खडा छ, तपाईंहरूले विजयी गराउनुस्” प्रचण्डले भने, “म रमेश बुढाथोकी र पद्मा माेक्तानकाे पछाडि खडा भएर हरिवनकाे विकास गर्न चाहन्छु ।”
प्रचण्डले सरकारकाे तर्फबाट, पार्टीको तर्फबाट र व्यक्तिगत तर्फबाट हरिवनकाे बजार व्यवस्थापन, पर्यटकीय क्षेत्र निर्माण र पूर्वाधार विकासमा जाेड दिने समेत बताए ।
यसैगरी शुक्रबार नै अध्यक्ष प्रचण्डले सर्लाहीको लालबन्दी, पर्सा र राैतहटकाे कार्यक्रमलाई समेत सम्बाेधन गरेका छन् ।