माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने ९ जना पक्राउ

१६ असार ०७५, काठमाडौं । प्रहरीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने विवेकशील साझा पार्टीका ९ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो माइतीघर मण्डलामा सो पार्टीले निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शन गरेकाले सोही पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए ।

सरकारले २०७४ चैत ३० गते काठमाडौं जिल्ला सुरक्षा समितिको वैठकले प्रदर्शनका लागि स्थान तोकेको थियो । विरोध प्रदर्शनका लागि ७ वटा स्थान तोकेर अन्यत्र यस्तो कार्य गरेमा कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

काठमाडौंको खुलामञ्च, लैनचौर समाज कल्याण परिषद अगाडि, सिफल चौर, पेप्सीकोला खेल मैदान, भुईंखेल चौर र तीनकुने चौरमा मात्र विरोध प्रदर्शन गर्न दिने सरकारको निर्णय छ ।

तपाइको मत