माओवादी एकताको विषय चैतको पहिलो साताभित्र वार कि पार हुने – बादल

२१ फागुन, काठमाडौं । एमाओवादी र नेकपा (क्रान्तिकारी माओवादी) बीच आगामी चैतको पहिलो साताभित्र एकताको विषय वार कि पार हुने भएको छ ।

Ram-Bahadu-

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)ले ललितपुरको कुपन्डोलमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै महासचिव राम बहादुर थापा ‘बादल’ले कार्यकर्तालाई एमाओवादीसँग एकताका विषयमा निर्णय गर्न केही दिनभित्रै केन्द्रीय समितिको बैठक बस्न लागेको बताउँदै एकताको विषय उठेको दुई वर्ष पुग्न थालेको र सधैं यही कुरा दोहो¥याएर बस्नुभन्दा एकता हुने वा नहुने भन्ने चैतको पहिलो साताभित्र टुङ्ग्याउने गरी अगाडि बढेको बताए ।

बिहीबार राति एमाओवादी अध्यक्ष प्रचण्ड, क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बीच पार्टी एकताको विषयलाई धेरै नलम्ब्याउने साथै दुवै पक्षले एकता विरोधी अभिव्यक्ति र कार्यशैली नअपनाउने सहमति भएको बादलले जानकारी दिए ।

अध्यक्ष वैद्यले यही फागुन १४ गते प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै एमाओवादीसँग एकताको विषयमा टिप्पणी गर्दै कसैलाई प्रधानमन्त्री बनाउन नभई क्रान्ति पूरा गर्र्ने सर्तमा मात्रै एकता हुने बताएका थिए ।

तपाइको मत