माओवादी केन्द्रका केन्द्रीय नेताहरू प्रदेश नम्बर २ मा केन्द्रित हुँदै

१९ साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यलय सदस्यहरू प्रदेश नम्बर २ मा केन्द्रित हुने भएका छन् ।

बुधबार दिउसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय बैठकले हेडक्वाटर सदस्यहरूलाई प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन गरेकाे हाे ।

असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनमा माअाेवादी केन्द्रका कार्यालय सदस्यहरूलाई जिल्ला नै ताेकिएकाे प्रवक्ता पम्फा भुषालले बताइन् ।

जसअनुसार अध्यक्ष प्रचण्ड सिरहा, नारायणकाजी श्रेष्ठ सर्लाहीमा खटिने भएका छन् ।

यसैगरी रामबहादुर थापा बादल धनुषा, हरिबोल गजुरेल रौतहट, दीनानाथ शर्मा पर्सा चक्रपाणि खनाल बलदेव सप्तरी, डिलाराम आचार्य बारा र विश्वभक्त दुलाल आहुति महोत्तरीमा खटिने छन् ।

बैठकले सातवटै प्रदेशहरूमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरूलाई सहभागी गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

प्रवक्ता भुसालले बैठकले बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालय सदस्यहरूको कार्यविभाजन समेत गरिएको बताइन् ।

तपाइको मत