२१ असार ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ ।
पारिवारिक स्रोतकाअनुसार ९३ वर्षीय इन्द्रकला भुसालको आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
माओवादी केन्द्रको स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभा सदस्य पम्फा भुसालको निवासमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।