माओवादी केन्द्र गण्डकीको परामर्श बैठक सम्पन्न

१० भदौ ०८१, पोखरा । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक आज सकिएको छ ।

आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

परामर्श बैठकमा ५९ जनाले पार्टी निर्माणका लागि सुझाव राखेका थिए भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेका थिए ।

माओवादीको स्थायी समिति बैठक सकिएलगतै पार्टीको बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ ।

अब भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ ।

प्रदेशहरुको परामर्श बैठक सकिएपछि माओवादी केन्द्र केन्द्रीय कमिटीको बैठक बसेर जनतामा जाने तयारी गर्दैछ ।

माओवादी केन्द्रको प्रदेश परामर्श बैठकको तालिका :

भदौ ५ र ६ गते, बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ ७ र ८ गते, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ ९ र १० गते, गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ १२ र १३ गते, सुदूपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ १४ र १५ गते, कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ १६ र १७ गते, लुम्बिनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ १८ र १९ गते, तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक
भदौ २२ र २३ गते, मधेश प्रदेशका के.स. हरूको बैठक
भदौ २४ र २५ गते, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक
भदौ २७ र २८ गते, ज.व.स. मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरूको बैठक
भदौ ३१ र असोज १ गते, प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक
असोज २ र ३ गते, जेष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक