७ पुस ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।
बिहीबार प्रतिनिभिसभा सदस्यको सपथलगतै बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले संसदीय दलको नेतामा आफ्नो र प्रमुख सचेतकमा हितराज पाण्डेको नाम प्रस्ताव गरेका थिए ।
बुधबार मतदान प्रक्रियाबाट कांग्रेस संसदीय दलका नेतामा शेरबहादुर देउवा निर्वाचित भएका थिए ।