माओवादी घटक पत्रकारहरुको एकता भेला कि गुटको मेला ?

१९ जेठ काठमाडौं । यही जेठ ६ गते नेकपा (माओवादी केन्द्र) घोषणा गरेका माओवादी घटकहरु निकट रहेका पत्रकार बिच बुधबार पार्टी कार्यालय पेरिसडाँडामा एकता भेला हुँदैछ । तर, सो एकता भेलामा प्रचण्ड र बादल समूहको पत्रकारका गुटगत छलफलका कारण माओवादी घटक पत्रकारहरुको एकता भेला कि गुटको मेला ? भन्ने प्रश्न उब्जिएको छ ।

g-o-m

माओवादी घटक पत्रकारहरुको एकता भेलामा तत्कालिन एनेकपा माओवादी निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्यहरु नै उपस्थित हुन नसक्ने भएका छन् ।

हाकाहाकी डटकमसँगको कुराकानीका क्रममा एक नम्बर प्रदेशमा रहेका एनेकपा माओवादी निकट एक केन्द्रीय सदस्यले भेलाबारेमा आफूलाई सर्कुलर नै नभएको बताउँदै बिना तयारी र जानकारी गरिएको एकता भेलामा उपस्थित हुन नसक्ने बताए ।

त्यसैगरी २ नम्बर प्रदेशका एक सदस्यले समेत एकता भेलाबारे आफूले कुनै जानकारी नै नपाएको गुनासो गरे ।

काठमाडौं उपत्यकामा नै कार्यरत रहेका एनेकपा माओवादी निकट पत्रकारका एक केन्द्रीय सदस्यले नाम उल्लेख नगर्ने शर्तमा पूर्वदेखि पश्चिमसम्मका पत्रकारहरु एकता भेलामा सहभागी हुने स्थिति नबनेको भन्दै वर्तमान नेतृत्वको कटाक्ष समेत गरे ।

स्रोतकाअनुसार यसै हप्ता तत्कालिन एनेकपा माओवादी र रामबहादुर थापा ‘बादल’ नेतृत्वका माओवादी निकट आधा दर्जन पत्रकार नेताहरुले धुलिखेल रिसोर्टमा भेला भई जिम्मेवारीको भागबण्डा कार्यक्रम नै गरेका थिए । तर, त्यो भेलाले औपचारिकरुपमा नेतृत्वबारे टुङ्गो लगाउन सकेन् ।

‘प्रचण्ड र बादल समूहले नेतृत्व हत्याउनका लागि सम्पूर्ण केन्द्रीय सदस्यहरु बिनै गुटको छलफल गरिसकेका छन् ।’ स्रोत भन्छ, ‘यिनीहरुले पार्टी एकतामा आएका अन्य माओवादी घटकका पत्रकार संगठनलाई समेत जानकारी गराएका छैनन् । यो एकता भेला दुई समूहको गुटगत भेला जस्तो बन्दैछ, एकता भेलामा गम्भीर प्रश्न उठाइने छ ।’

तत्कालिन मातृका यादव नेतृत्वको माओवादी निकट पत्रकार एस.बी.थापा मगरले पत्रकारहरुको एकता भेला बारे आफूले जानकारीसम्म पाएको तर एकता प्रक्रिया अघि घटकको संयुक्त बैठक नभएको बताएका छन् ।

‘एकदिनको तयारीमा के को एकता भेला ?’ पत्रकार थापाले प्रश्न गरे, ‘पूर्वदेखि पश्चिमसम्मका पत्रकारहरु आजको आजै खबर गरेर आजै कार्यक्रममा सहभागी हुन कसरी सम्भव छ ?’

‘माओवादी घटकका पत्रकारहरुको एकता भेला भनिए पनि यो सीमित पत्रकारको गुटको मेला जस्तो हुने भो’ मातृका यादव निकट पत्रकार एस.बी.थापाले भने, ‘महेश्वर दाहाल, ओम शर्मा र गोविन्द आचार्य बिच अबको नेतृत्व कसले लिने भन्ने लडाईं पनि सँगसँगै सहतमा आएको छ ।’

विभिन्न समयमा विभिजित भएका माओवादी घटकहरुको पार्टी एकतासँगै विभिन्न प्रदेश पार्टी संगठन, जबस मोर्चा र पेशागत संगठनहरुको एकता भेला पनि सँगसँगै हुँदैछ ।

तपाइको मत