३० साउन ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले बाढी पहिरो पीडितहरुको राहतका लागि एक महिनाको तलब दिने निर्णय गरेका छन् ।
प्रमुख सचेतक रेखा शर्माकाअनुसार सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय बोर्डको बैठकले पार्टीका सबै सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागि दिने निर्णय गरेको बताइन् ।
उनले बाढी पहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन दिएको जानकारी दिइन् ।