३ असार, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का हेडक्वाटर सदस्य मातृका यादव बुधबार अपरान्ह करिब २ बजेतिर स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भए । यादवको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ पौने ७ बजेतिर नर्भिक पुगेका थिए ।
अध्यक्ष ‘प्रचण्ड’ बिहीबार साँझ नर्भिक पुगेसँगै नेपाली मिडियामा पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट भएको खबरले मिडियामा स्थान पाएको थियो ।
सञ्चारमाध्यममा हल्ला चलेजस्तो पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेका भने होइनन् ।
अध्यक्ष प्रचण्ड माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका यादव नभिक अस्पतालमा भर्ना भएकाले यादवलाई भेट्न नर्भिकको चौथो तलाको ४०७ नम्बरको बेडमा पुगेका थिए ।
प्रचण्डका स्वकीय सचिव जोख बहादुर महरा ‘प्रताप’ले अध्यक्ष प्रचण्ड पार्टीका नेता मातृका यादवको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएको तर राजा वा पूर्व मुमा बडामहाारनीलाई कसैलाई नभेटेका बताए ।
यता पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले पनि प्रचण्डले पूर्वराजा र पूर्व मुमा बडामहारानी कसैलाई नभेटेको बताएको छ ।
माओवादी केन्द्रका मातृका यादव नर्भिकको चौथो तलामा उपचाररत छन् भने पाँचौं तलाको भीभीआईपी उपचार कक्षमा पूर्व मुमा बडामहारानी रत्नलाई राखिएको थियो ।