१५ भदौ ०८१, काठमाडौं । तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले के ४४ क्याट्गोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी छन् ।
ओलम्पिकमा नेपाली खेलाडीको दशक लामो पदकबिहीन ओलम्पिक यात्रा तोड्दै खेलाडी गोवर्धनले शुक्रबार पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी हुन् ।
नेपालको पदकबिहीन ओलम्पिक यात्रामा पहिलोपटक पदक जित्ने नेपालको पहिलो खेलाडी पलेशा बनेकी छन् ।
उनले क्वार्टरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग ८–६ को अग्रता बचाउन नसक्दा स्वर्ण जित्ने सम्भावना सकिएको थियो ।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।