मिथिला अफसेट प्रेसमा प्रहरीको छापा

२७ भदौ ०७४, धनुषा । आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले छापामारी नियन्त्रणमा लिएको छ ।

सोमबार टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार कुट्टीमा रहेको उक्त प्रेसमा प्रहरीले छापा मारी हजारौँ रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला अफसेट प्रेसमा टोपी र टिसर्टमा निर्वाचन आचारसंहिता विपरीत नारा लेखिँदै थियो । त्यस्ता किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा बरामद गरिएको हो ।

तीनसय टिसर्ट, त्यत्तिकै टोपी र केही प्रेसका सामान पनि प्रहरीले नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपी नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपाको रहेको बताइएको छ ।

तपाइको मत