मिलेर समाप्त पार्न खोजेकाले मेची-महाकाली अभियान – बामदेव गौतम

अभियानका क्रममा कैलालीको धनगढीमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै गौतमले साे कुरा बताएका हुन् ।

उनले अाेली सरकार ढलेकाे राेष पाेख्दै नाकाबन्दीको डटेर सामना गरेको केपी ओली सरकार ढालेर प्रचण्डलाई भारतले प्रधानमन्त्री बनाएको बताए ।

गाैतमले सरकारी कामकाजमा नेपाली भाषा परिवर्तन गरी हिन्दीलाई राष्ट्रिय भाषा कायम गर्ने योजनासहितको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताए ।

उनले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाइए तराईमा बोलिने भोजपुरी, मैथली, अवधी लगायतका भाषाहरु लोप हुनसक्ने समेत बताए ।

त्यस्तै अंगीकृत नागरिकतासम्बन्धी व्यवस्था, प्रदेशको सीमांकन लगायत सबै प्रस्ताव राष्ट्रघाती रहेकाले संविधान संशोधन हुन नहुने बताए ।

तपाइको मत