२४ मंसिर ०७५, काठमाडौं । सिजन मिडिया (प्रा.लि.)ले गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत महिलाहरुमा केन्द्रित ‘मिसेस विउटी कुइन नेपाल २०१८’ सिजन २ को आयोजना गर्ने भएको छ ।
महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर ,नेतृत्वदायी क्षमताको विकास, सामाजिक तथा राजनैतिक ज्ञान सिपको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार शसक्त महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम फेरी पनि गर्न लागिएको हो ।
विगत दश वर्षदेखि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले दोस्रो चरणको संस्करणको लागि उपत्यकाबाट र उपत्यका बाहिबाट जम्मा ३० प्रतियोगी समावेश गराइने भएकाले प्रतियोगिताको लागि फारम पनि खुल्ला भइसकेका सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।
नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्य नजर राखी पहिलो चरणको छनोट यहि मंसिर २९ गते शनिवार सिडव्लु पाटी प्यालेस कमलादीमा दिनको १ बजेबाट हुनेछ ।
प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, सेल्फ डिफेनस, सेल्फ मेकअप, फोटो सेसन ,व्यक्तित्व विकास ,नेतृन्व विकास, वाक कला,क्याटवाक सम्वन्धि प्रशिक्षण दिइनेछ । साथै विभिन्न सामाजिक संस्थाहरुको संस्थागत माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट, कल्चरल भिजिट र हस्पिटालिटी सम्वन्धि जानकारी तथा तालिम प्रदान पनि गराइने छ ।
प्रतियोगिताका विजेताले ‘मिसेस विउटी कुइन नेपाल २०१८’को उपाधी सहित रु १ लाख ८३ हजार वरावरको सुजुकी स्कुटर, लेटमिइनको तर्फवाट रु ५० हजार वरावरको गिफ्ट भौचर र ५ दिने दुवाई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन ।
फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश स्माट मोवाइल फोन लेटमिइनको तर्फवाट रु ३० हजार वरावरको गिफ्ट भौचर,साथै विभिन्न उपहारहरु प्राप्त गर्ने छन भने ५ दिने दुवई भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक थर्डरनरअप र फोर्थ रनरअप साथै अन्य विभिन्न १८ विधामा पनि विजेता छनौट गरिनेछ ।
सिजन मिडियाले मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस, मिस टिन कलेज, कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता दिँदै आइरहेको छ ।