मुखियाले प्रहरीलाई बुझाए फेला परेको १ लाख रुपैयाँ

२९ चैत ०७५, पर्सा । वीरगञ्जको आदर्शनगरस्थित मेगा बैंकको शाखा कार्यालयमा फेला परेको १ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन् ।

रौतहट यमुनामाई गाउँपालिका ३ घर भई वीरगञ्ज महानगरपालिका ८ पानी ट्याङकी बस्ने २० बर्षका प्रिन्सकुमार मुखियाले भेटिएको १ लाख रुपैयाँ प्रहरीलाई बुझाएका हुन् ।

प्रिन्स मुखियाले बैंकको शाखा कार्यालयभित्रै चैत २८ गते दिउँसो २ बजेतिर रकम फेला परेको बताएका छन् ।

शुक्रबार प्रिन्स मुखियाले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर रकम प्रहरीको जिम्मा लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले अहिलेसम्म प्रहरीमा १ लाख रुपैयाँ हराएको बारे जाहेरी नआएको जनाएको छ ।

तपाइको मत