१६ असार ०७४, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण फेरि अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।
बाटो फराकिलो पार्ने काम भइरहेकाले नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो गएर बाटो अबरुद्ध हुने गरेको छ ।
रातिको अविरल वर्षाका कारण खसेको पहिरो हटाउने प्रयास भइरहेको ट्राफिक प्रमुख सन्तोष पन्तले जानकारी दिए ।