मुग्लिन–नारायणगढ सडक अन्तर्गत कालीखोलामा खसेको पहिरोले यात्रु बस र जीप बगायो

१८ साउन ०७४, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत कालीखोला भन्ने स्थानमा खसेको पहिरोले यात्रु बस र जीप बगाएको छ ।

बुधबार बेलुका ७ः ३५ बजे इच्छाकामना गाउँपालिका ६ कालिखोलामा झरेको पहिरोले ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८१ नम्बरको स्कार्पिओ जीप बगाएर त्रिशुली नदी किनारमा खसाएको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा खस्न थालेपछि बस रोकेर चालक र यात्रुहरु गाडीबाट ओर्लिएर हेर्दै गर्दा ठूलो पहिरो झरेर गाडी पहिरोले बगाए पनि सबै यात्रुहरु भाग्न सफल भएको छन् ।

मुग्लिन नारायणगढ सडकखण्ड बिस्तारको काम जारी रहेकाले पटक पटक पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ ।

तपाइको मत