मुम्बईले जित्यो दशौं आइपिएल उपाधि

IMG_20170522_000004

मुम्बई/एजेन्सी । दशौं आइपिएलको सोमबार बिहान सम्पन्न भएको खेलमा मुम्बई इन्डियन्सले राइजिङ पूणे सुपरजाइन्ट्सलाई १ रनले पराजित गरेको छ ।

मुम्बईले पहिलो इनिङमा बनाएको १ सय २९ रनको जवाफमा पूणेले १ सय २८ रन मात्र बनाउन सफल भयो ।

IMG_20170521_235331

मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो ।

अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो । पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए ।

तर, उनी जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पूणेले खेल गुमायो ।

IMG_20170522_000444

आइपिएलमा मुम्बईको यो तेस्रो सफलता हो ।

तपाइको मत