२२ असार ०७५, काठमाडौं । मुस्ताङको स्याङ्बोचेमा मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा २० जनाको मृत्यु हुनका साथै १२ जना घाइते भएका छन् ।
शुक्रबार स्याङ्बोचमा खाना खाएर कालीगण्डकी कोरिडोर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा १५ जनाको घटनास्थल मै र ५ जनाको उपचारका लागि लैजाने तयारी हुँदाहुँदै मृत्य भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका, ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका, रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुनको पनि दुर्घटनामा मृत्यु भएको छ ।
त्यस्तै, दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी र राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ ।
दुर्घटनामा धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको छ ।
त्यस्तै घाइते भएका १३ मध्ये ३ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ । बाँकी ५ जनालाई पनि हेलिकोप्टरले पोखरा लैजाने तयारी भइरहेको र सामान्य घाइते ५ जनालाई जिल्ला अस्पताल मुस्ताङमा उपचारका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ ।