मुस्लिम धर्मालम्बीले इदउल फित्र मनाउँदै, विराटनगर कालोपट्टी बाँधेर इदको नवाज 

२ असार ०७५, काठमाडौं । नेपालसहित एसियाली मुलुकका इस्लाम धर्मावलम्बीहरूले इद उल फित्र मनाउँदैछन् ।

अरबी पात्रो हिजरीको ‘रमजानुल मुबारक’ महिनाभरि रोजा बसेपछि यो पर्व मनाइन्छ । रोजाको अन्तिम दिन आकाशमा चन्द्रोदय भएपछि इद उल फित्रको स्वागत गरिन्छ  ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मिठा खानेकुरा खान दिने चलन छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सो दान पनि गरिबलाई नै दिइन्छ ।

विराटनगर  कालोपट्टी बाँधेर इदको नवाज 

विराटनगर मुस्लिम धर्मालम्बीले हातमा कालोपट्टी बाँधेर इदउल फित्र मनाएका छन् ।

सरकारले सार्वजनिक विदा कटौती गरेको विरोधमा उनीहरुले हातमा कालोपट्टी बाँधेर नवाज पढेका हुन् । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

यसअघि नेपाल सरकारले इद, वकरईद, इजरत पैगम्बर मुहम्मद साहवको जन्म जयन्ती अवसरमा सार्वजनिक विदा दिंदै आएकोमा  वाम गठबन्धनको सरकारले केही महिनाअघि मुस्लिम समुदायको पर्वको अवसरमा दिदै आएको सवै सार्वजनिक विदा कटौती गरेको थियो ।

तपाइको मत