७ पुस, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको घोषणा गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको र उक्त मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत विप्लव माओवादीले आज उपत्यका बन्दको कार्यक्रम सार्वजानिक गरेको हो ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने उल्लेख गरेको छ ।
नेपाल आयल निगमले पुस ३ गते देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर ४ रुपैँया पचास पैसाका दरले वृद्धि गरेको छ ।
एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको माओवादीको तर्क छ ।