१४ पुस ०७६, धनुषा । संघीय सरकारले तोकेको उखुको मूल्यप्रति असन्तुष्ट जनाउँदै प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उखु सरकारले खरिद गर्नु पर्ने बताएका छन् ।
हालै संघीय सरकारले उखुको मूल्य अघिल्लो वर्षकै बराबर तोकेपछि मन्त्री साहले केन्द्र सरकारलाई ‘मूल्य तोकेपछि सरकारको जिम्मेवारी सकियो त ?’ भनी प्रश्न गरेका छन् ।
किसानलाई ध्यानै नदिई सरकारले उखुको मूल्य तोकेको भन्दै उनले उखुको मूल्य तोकेएपछि सरकारले उखु खरिद गर्नुपर्ने बताएका छन् ।
उखु किसान वर्षौदेखि पीडित भइरहेको भन्दै मन्त्री साहले भने, ‘मूल्य तोकेर सरकारले खरिद गर्नुपर्छ, यो सरकारको दायित्व हो ।’
सरकारले धानको मूल्य तोकेर धान खरिद गरे जस्तै किसानको उखु पनि खरिद गर्नु पर्ने मन्त्री साहले बताए ।













