मेडिकल कलेजहरुलाई मेरिटका आधारमा पीजीका विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

१४ असार ०७४, काठमाडौं । सर्वोच्च अदालतले मेरिटका आधारमा पोस्ट ग्राजुएसन (पीजी)का विद्यार्थी भर्ना गर्न मेडिकल कलेजहरुलाई आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले चिकित्सा शास्त्र अध्ययन संस्था आइओम, त्रिभुवन विश्वविद्यालय र निजी मेडिकल कलेजहरुलाई मेरिट लिस्टका आधारमा विद्यार्थी भर्ना गर्न आदेश दिएको हो।

यो आदेशसँगै चिकित्सा शास्त्र अध्ययन संस्थाको निर्देशन विपरीत युनिभर्सल र नेसनल मेडिकल कलेजले गरेको भर्ना स्वत: निष्क्रिय भएको छ ।

पराजुलीको इजलासले तोकिएको भर्ना शुल्क मात्र लिन समेत विपक्षीको नाममा आदेश दिएको छ। त्रिभुवन विश्वविद्यालयले ३१ लाख भर्ना शुल्क तोकेको छ।

मेरिट लिस्टका आधारमा आफूहरुलाई भर्ना नलिइएको भन्दै निशान्तकुमार ठाकुर लगायत ६ जनाले त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेका थिए।

तपाइको मत