८ असोज ०८१, विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयरले कार्यपालिका बैठक नराखेको भन्दै उपप्रमुखसहितका जनप्रतिनिधिले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।
कार्यपालिका बैठकको माग गर्दै उपमेयरसहित बहुमत कार्यपालिका सदस्यले उपमहानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् ।
सोमबार दर्ता भएको रिटमा कार्यपालिका बैठकका लागि परमादेशको माग गरिएको छ ।
इटहरी उपमहानगरको कार्यपालिकामा अल्पमतमा रहेका मेयर हेमकर्ण पौडेल नेपाली कांग्रेसका हुन् भने उपमेयरसहित जनप्रतिनिधि एमालेको बहुमत रहेको छ ।