मेलम्ची खानेपानी आयोजना निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

२५ साउन ०७४, सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न परियोजनाका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

आयोगको स्थलगत निरीक्षणका क्रममा बुधबार उनले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार रहेको बताए ।

कूल साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ ।

दुई दशमलव १९ किमीमात्र सुरुङ खन्न बाँकी छ । हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । सन् २००१ बाट परियोजना निर्माण शुरु भएको हो ।

आयोजना प्रमुख रामचन्द्र देवकोटाले दिएको जानकारीअनुसार चार स्थानबाट सुरुङ खनिरहेको मध्ये तीन स्थानमा कमजोर भौगर्भिक कारण सुरुङ खन्न केही चुनौती देखिएको छ ।

सन् २०१८ मार्चसम्ममा आयोजना निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

 

तपाइको मत