२९ असोज ०७५, राजविराज । सप्तकोशी नगरपालिकामा साइकल र मोटर साइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएक छन् ।
सप्तकोशी नगरपालिका–४ स्थित सडक खण्डमा कन्चनपुरबाट फत्तेपुरतर्फ जादै गरेको स.८ प ६१३२ नं. को मोटरसाईकलले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदा साईकल चालक सोही नगरपालिका ७ वस्ने २५वर्षीय किसुन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका सदालाइ उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा उनका मृत्यु भएको तथा ठक्कर दिने मोटरसाईकल चालक सोही नगरपालिका –८ बस्ने ३० वर्षीय बिकी झाको अवस्था पनि गम्भिर रहेको र उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।